पुलिस क्लबले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि
काठमाडौं। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जीत हासिल गरेको छ।
आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो।
कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेट प्रधानमन्त्री कप क्रिकेटको उपाधि हात पार्दै विजयी बनेको हो।
आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा पुरा गरेर जीत हात पारेको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment