विश्वकप फुटबल २०२६ को उद्घाटन खेल र समाराेह मेक्सिकोमा हुने

डिसी नेपाल
२२ माघ २०८० ६:३५
568
Shares

काठमाडौं। बिश्वकप फुटवल २०२६ को उद्घाटन समाराेह र पहिलाे खेल मेक्सिकोले गर्ने भएको छ। फिफाले गएराती घोषणा गरे अनुसार बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो।

जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ। विश्नकपको उदघाटन खेल जुन ११ मा हुनेछ।

अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ।

मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ। सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.