साफ यू-१९ महिला फुटबलः नेपालले आज भारत विरुद्ध खेल्दै

डिसी नेपाल
२३ माघ २०८० ७:०४
112
Shares

काठमाडौं। बङगलादेशमा जारी उमेर समुहको साफ यू-१९ महिला च्याम्पियनसिपको तेस्रो तथा समुहको अन्तिम खेलमा नेपालले आज भारत विरुद्ध खेल्दैछ। ढाकाको मुस्ताफा कमल रंगशालामा यो खेल हुनेछ।

यसअघि भएको दोस्रो खेलमा भुटान विरुद्द नेपाल १-० गोल अन्तरले विजयी भएको थियो उक्त खेलमा नेपालका तर्फबाट सेनु परियारले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको थियो। एक खेलमा हार र एकमा जित निकालेको नेपाल फाइनलमा पुग्ने लक्ष्य सहित मैदानमा उत्रिदैछ । २ खेल खेलेको नेपालको मात्र ३ अंक छ।

प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, भारत र भुटानले सहभागिता जनाएका छन्। सहभागी चार टोली मध्ये शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.