काग्लिअरीमाथि रोमा ४-० ले विजयी

डिसी नेपाल
२३ माघ २०८० ७:३४
32
Shares

काठमाडौं। इटालियन सिरी ए अन्तर्गत एएस रोमाले काग्लिअरीमाथि शानदार जित हासिल गरेको छ।

गएराति सम्पन्न खेलमा रोमाले काग्लिअरीलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

रोमाको जितमा पाउलो डिबालाले २ गोल गरे भने लोरेंजो पेल्लेग्रिनी र डीन हुइजसेनले एक एक गोल गरेका थिए। रोमाले योसहित पछिल्ला चार खेलमा लगातार जित हासिल गरेको छ।

यो जितपछि रोमा २३ खेलमा ३८ अंकसहित लिगमा पाँचौं स्थानमा उक्लिएको छ। त्यसैगरी काग्लिअरीको भने २३ खेलमा १८ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.