दक्षिण कोरिया स्तब्ध, जितसँगै जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा

डिसी नेपाल
२४ माघ २०८० ७:२६
372
Shares

काठमाडौं। दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एशियन कपको फाइनलमा पुगेको छ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो। जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए।

जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो। योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ। इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.