‘हिमालयन हाइड्रो एक्स्पो’ वैशाखमा

डिसी नेपाल
२४ माघ २०८० १८:३०
32
Shares

काठमाडौं। आगामी वैशाख १२ देखि १४ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो–२०२४’ आयोजना हुने भएको छ। निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको साझा संस्था ‘इपान’ र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा एक्स्पोको चौथो संस्करण हुन लागेको हो।

एक्स्पोबारे जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा हाइड्रो पावर निर्माता, सामान उत्पादक, आपूर्तिकर्ता र परामर्शदाता, बीमा कम्पनी, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, सिमेन्ट, डण्डीलगायत दुई सय भन्दा बढी कक्ष स्थापना गरिने स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले बताए।

दश वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने सम्झौता भइसकेको र सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यसहितको २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र सरकारले तयार गरेको सन्दर्भमा एक्स्पो लाभदायक हुने बताए।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार तीन दिने एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, संयुक्त अधिराज्य बेलायतलगायत मुलुकका ऊर्जा उत्पादनसँग सम्बन्धित कम्पनी तथा सरोकारवालाको सहभागी हुने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *