कुशल भुर्तेलको अर्धशतक

डिसी नेपाल
२५ माघ २०८० १०:२९
244
Shares

काठमाडौं । नेपाली ओपनर कुशल भुर्तेलले क्यानडाविरुद्ध अर्धशतक बनाएका छन् । यो उनको एकदिवसीय करिअरको सातौं अर्धशतक हो ।

भुर्तेलले ४४ बलमा अर्धशतक बनाएका हुन् । यस क्रममा उनले ८ चौका र एक छक्का प्रहार गरे ।

अहिलेसम्म १४ ओभरको खेल सकिएको छ । नेपालले १ विकेटको क्षतिमा ७१ रन बनाएको छ । ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल क्रिजमा छन् ।

पहिलो पावरप्लेमा नेपालले ओपनर आसिफ शेखलाई गुमायो । शेख ८ रन बनाएर आउट भए । उनलाई दशौं ओभरमा उदय भगवानले आउट गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.