अल नासरमाथि अल हिलाल २-० ले विजयी
काठमाडौं। क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो।
अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक र सलेम अलडावसरीले एक एक गोल गरेका थिए।
यस खेलमा पछिल्लो समय इन्जुरीका कारण मैदान बाहिर रहेका अल नासरका क्रिस्टियानो रोनाल्डो मैदानमा फर्किएका थिए। पुरै ९० मिनेट खेलेका रोनाल्डोले खेलमा भने खासै प्रभाव पार्न सकेनन्।
साउदी लिगमा प्रमुख प्रतिद्वन्दी क्लब मानिने अल हिलाल र अल नासर लिगमा प्रहिलो र दोस्रो स्थानमा रहेका छन्। १९ खेलमा अपराजित रहदै अल हिलाल ५३ अंकसहित शिर्ष स्थानमा छ भने १९ खेलमा ४६ अंकसहित अल नासर दोस्रो स्थानमा रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment