सुनको मूल्य बढ्यो

डिसी नेपाल
२६ माघ २०८० १२:२३

काठमाडौं। सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *