स्पोर्ट्स अवार्ड : चार विधाको शीर्ष ३ मनोनयन सार्वजनिक

डिसी नेपाल
२६ माघ २०८० १६:५४
12
Shares

काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको विभिन्न चार विधाको शीर्ष तीन खेलाडी छनौट गरिएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी र वर्षका उत्कृष्ट प्रशिक्षक विधाका शीर्ष तीनभित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो।

उक्त विधाको मनोनयनमा ८–८ जना परेका थिए । वर्ष उत्कृष्ट युवा खेलाडीमा क्रिकेटका देव खनाल, एथ्लेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ मनोनयनको शीर्ष तीनभित्र परेका छन्। वर्षको उत्कृष्ट प्रशिक्षकमा एथ्लेटिक्स चन्द्र बहादुर गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटा छन् भने वर्षको उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका दिपक अधिकारी क्रिकेटका आसिफ शेख र रोहित पौडेल शीर्ष तीनमा परेका छन्।

त्यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलामा बास्केटबलकी अनुशा मल्ल, एथ्लेटिक्स राजपुरा पछाई र पुष्पा भण्डारी शीर्ष तीनमा परेको अवार्ड छनोट समिति सदस्य गोविन्द नेपालले जानकारी दिए। यस पटक २०औं संस्करण माघ २८ गते आइतबार याक एन्ड यति होटलमा आयोजना हुँदै छ । उत्कृष्ट तीनबाट कार्यक्रमकै दिन विजेता चयन गरिने छनोट समितिका समितिका संयोजक प्रज्वल ओलीले जानकारी दिए।

यस संस्करणदेखि चार विधामा समान आठ जना मनोनयनमा समावेश गरिएको हो। यसअघि पाँच जना मनोनयन सार्वजनिक हुने र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा गर्ने गरिन्थ्यो। पिपल्स च्वाइस विधामा भने पाँच मनोनयन नै यथावत र तीमध्येबाट अवार्डकै दिन विजेता घोषणा हुने मञ्चले जनाएको छ। यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस गरी पाँच विधाका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.