ओडिआईमा आकाश चन्दको डेब्यू, नेपालले फिल्डिङ गर्दै
काठमाडौं । क्यानडाविरुद्धको दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडाले टस जितेर ब्याटिङ रोजेको छ।
नेपालले आजको टोलीमा तीन परिवर्तन गरेको छ। आज एकदिवसीय अन्तर्राष्ट्रियमा यू१९ टोलीका तीव्र गतिका बलर आकाश चन्दले डेब्यू गरेका छन्। उनले यू१९ विश्वकपमा राम्रो प्रदर्शन गरेसँगै सिनियर टोलीमा परेका थिए। यस्तै अनिल कुमार शाहले टोलीमा पुनरागमन गरेका छन् भने देव खनाल पनि खेल्ने भएका छन्।
नेपालले अघिल्लो खेल खेलेका आरिफ शेख, ललित राजवंशी र कुशल भुर्तेलललाई बाहिर राखेको छ। तीन खेलका सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment