क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

डिसी नेपाल
२७ माघ २०८० १३:१३
44
Shares

काठमाडौं । क्यानडाविरुद्धको दोस्रो खेलमा नेपालले २८६ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो।

क्यानडाका लागि आरोन जोनसोनले सर्वाधिक ६० रन बनाए । ६२ बल खेलेका उनले १० चौका र २ छक्का प्रहार गरे। यस्तै नवनित धलिवाल ४६, श्रेयस मोभा ४०, प्रगत सिंह ३८ रनमा आउट भए । नेपालका रोहित पौडेल र कुशल मल्ले समान २/२ विकेट लिए। यस्तै आकाश चन्द, सोमपाल कामी, सुर्य तामाङ र पवन सर्राफले समान एक एक विकेट लिए।

तीन खेलका सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.