बज्र ग्रुपको भ्यालेन्टाइन स्कीम : कार किन्दा सुनको हार, स्कुटर किन्दा औंठी उपहार
काठमाडौं। बज्र ग्रुपले नेपाली बजारमा बिगत ३१ बर्ष देखि विभिन्न क्षेत्रमा व्यवसाय गर्दै आइरहेको छ। जसमा सेनेटरिका आइटम , बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क र अटोमोबाइल क्षेत्र रहेको छ।
बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्स प्रालि ले भ्यालेन्टाइन स्कीम लागू गरेको छ। जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन। यो स्किम निश्चित समयका लागि गरिएको कम्पनीले जनाएको छ।
वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्नको लागि नक्साल , भैसेपाटी शोरुम जान सकिने छ। उक्त सवारीमा ८ बर्ष को वारेन्टी पाउन सकिनुका साथै फाइनान्स र एक्सचेन्ज को सुबिधा पनि उपलब्ध रहेको छ।
नेपाल भरका मुख्य सहर मा उपलब्ध लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध रहेकाे छ। जसमा कलेज को बिधार्थी देखि अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट उपलब्ध रहेको छ।
१ लाख १५ हजारदेखि मूल्यकाे लेभ्लिंग इ स्कुटरमा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध गराएकाे कम्पनीले जनाएको छ।
नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको बज्र ग्रुप का एसिस्टेन्ट जेनेरल म्यानेजर एनके शरद ले जानकारी गराए।







डिसी नेपाल







Facebook Comment