एनएलजी इन्स्याेरेन्सको कहिले बस्दै छ साधारणसभा, के-के छन् एजेण्डा ?

डिसी नेपाल
२ फागुन २०८० ११:०३
16
Shares

काठमाडौं। एनएलजी इन्सुरेन्सको बिहीबार फागुन ३ गते १८ औं वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले सभामा लाभांश वितरण गर्ने प्रस्ताव पनि पेश गर्दैछ।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफबाट ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ। यस्तै, आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ।

आर्थिक वर्ष २०८०-८१ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिन बुक क्लोज गरिसकेको छ।

यसर्थ, माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। सभा, आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *