कुमारी सबल योजनामा आवेदन दिने समय लम्बियो

डिसी नेपाल
२ फागुन २०८० ११:०९
28
Shares

काठमाडौं। कुमारी सबल योजनामा आवेदन दिने समय लम्बिएको छ।

कुमारी क्यापिटल लिमिटेडले आइतबारदेखि निष्काशन गरेको इकाईमा अब फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ। कुमारी क्यापिटलले माघ २८ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ।

यसअघि यो फन्डमा पहिलो चरणमा फागसन २ गतेसम्म आवेदन दिन सकिने भिनएपिन सो समयमा माग अनुसारको आवेदन नपरेपछि आवेदन दिने समय लम्बिएको हो।

क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको हो। जसमध्ये १ करोड ४० लाख इकाई वा कुल बिक्री भएको इकाईको १४% विज पुँजीवापत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ।

त्यस्तै, योजना व्यवस्थापक कुमारी क्यापिटललाई १% अर्थात् १० लाख इकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। यो बन्दमुखी योजना हो। न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *