खुम्बु ल्होसार कपः खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लबको विजयी सुरुवात

डिसी नेपाल
२ फागुन २०८० १९:५६
140
Shares

काठमाडौं । ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगिताको तेस्रो दिन आज भएका २ खेलमा खुम्जुङ युवा क्लब र ठमिछोवा फुटबल क्लबले सुखद् सुरुवात गरेका छन् ।

काठमाडौंको सानोगौचरणमा खुम्जुङ युवा क्लब र खुन्दे कम्युनिटी क्लबबीच भएको पहिलो खेलमा ३–० गोल अन्तरका साथ खुम्जुङ युवा क्लब विजयी भएको छ भने उक्त खेलको म्यान अफ द म्याच फुरा छिरिङ शेर्पाले जितेका छन् ।

त्यस्तै ठमिछोवा फुटबल क्लब र आमाडब्लम युवा क्लबबीच आजै भएको अर्को खेलमा २–० गोल अन्तरका साथ ठमिछोवा फुटबल टिम विजयी भएको छ । खेलको म्यान अफ द म्याच किसाङ छिरिङ शेर्पा भएका छन् ।

शेर्पा समुदायको चाड ल्होसार (नयाँ वर्ष) पारेर विगत १३ वर्षदेखि आयोजना हुँदै आएको यो प्रतियोगिता सोलुखुम्बुस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा रहेका युवाहरुबीच हुने र शेर्पा युवाहरुलाई खेलकुदप्रति लगाव बढाउनु, उनीहरुको प्रतिभा प्रदर्शन गर्नु र समुदायलाई जोड्नु यस खेलको उद्देश्य रहेको आयोजकको भनाई छ ।

८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १६ खेल हुनेछन् । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ को यो १४ औं संस्करण हो । यस प्रतियोगिताको विजेताले खुम्बु ल्होसार कपको रनिङ सिल्ड, मेडल, प्रमाण–पत्रको साथमा नगद एक लाख रुपैयाँ, उपविजेता टिमले मेडल र प्रमाण–पत्रको साथमा नगद रु पचास हजार रुपैयाँ र तेस्रो हुने टिमले नगद पुरस्कार रु पञ्चीस हजारको साथमा मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । माघ २९ गतेबाट सुरु भएको प्रतियोगिता फाल्गुण ७ गते समापन समारोहका साथ सम्पन्न हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.