नेपाल १३२ रनमा अलआउट

डिसी नेपाल
३ फागुन २०८० १२:३७
152
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदा अलआउट भएको हो ।

नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए । गुलशन झाले २१, करण केसीले १६, कुशल मल्लले १५, पवन सर्राफले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

नामिबियाका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । रुबेन ट्रम्पलम्यान र ज्याक ब्रासेलले २–२ विकेट लिए । जान निकोल लोफ्टी इटनले एक विकेट लिए । नामिबियाले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.