युएईको महिला टोली एसिया कपमा छनोट

डिसी नेपाल
४ फागुन २०८० १०:५४
124
Shares

काठमाडौं। युएई एसीसी महिला प्रिमियर कपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा युएईले थाइल्याण्डलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

युएईले दिएको ७१ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९.२ ओभरमा अलआउट हुदै ६६ रन मात्र बनाएपछि खेल ४ रनले हारेको थियो।

यसअघि युएईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर ७० रन मात्र बनाएको थियो।

यो जितपछि युएई प्रतियोगिताको फाइनलमा पुगेको छ भने महिला एशिया कपका लागि छनौट समेत भएको छ।

अब युएईले अर्को सेमिफाइनलमा मलेसिया र नेपालबीचको विजेतासँग फाइनलमा खेल्ने छ। मलेसिया र नेपालबीचको दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुँदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.