एसीसी महिला प्रिमियर कप सेमिफाइनलमा नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य
काठमाडौं । एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाली महिला टोलीले आज आयोजक मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरको खेलमा नेपालले ६ विकेटको क्षतिमा ११५ रन बनाएको हो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन् । डोली भट्टले २५, कविता कुँवरले २३, रुबिना क्षेत्रीले २० रन बनाइन् । मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ विकेट लिइन् । विनिफ्रेड दुराइसिंघमले १ विकेट लिइन् ।
आजको खेल जितेमा नेपाली टोली एसिया कपमा छनोट हुनेछ । एसिया कपमा कूल ६ टोली खेल्नेछन् । तीमध्ये एउटा समूहमा भारत पाकिस्तान र बंगलादेश छन् । अर्को समूहमा श्रीलंका र दुई छनोट हुने टोली हुनेछन् ।
आज अर्को फाइनल जितेर युएइको महिला टोलीले दोस्रो समूहमा श्रीलंकासँगै स्थान पक्का गरिसकेको छ । अब मलेसिया र नेपालबीच जारी खेलको विजेता दोस्रो समूहको तेस्रो टोली हुँदै एसिया कपमा छनोट हुनेछ । महिला एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।







डिसी नेपाल







Facebook Comment