टेस्ट क्रिकेटमा आश्विनको ५०० विकेट पुरा

डिसी नेपाल
४ फागुन २०८० १६:३५
68
Shares

काठमाडौं। भारतका बलर आर आश्विनले टेस्ट क्रिकेटमा ५०० विकेट पुरा गरेका छन्। जारी इङल्याण्डविरुद्धको तेस्रो टेस्टमा एक विकेट लिएसँगै आश्विनले आफ्नो टेस्ट करियरमा ५०० विकेट पुरा गरेका हुन्।

आश्विन टेस्ट क्रिकेटमा ५०० विकेट लिने भारतका दोस्रो बलर हुन्। यसअघि अनिल कुम्बलेले आफ्नो टेस्ट करियरमा ६१९ विकेट लिएका थिए। त्यस्तै आश्विन टेस्ट क्रिकेटमा ५०० विकेट लिने विश्वका नवौं खेलाडी बनेका छन्। आश्विनले ९८ टेस्टमा आफ्नो ५०० विकेट पुरा गरेका छन्।

यसअघि अस्ट्रेलियाका नाथन लियोन (५१७),  वेस्ट इन्डिजका कर्टनी वाल्श (५१९), अस्ट्रेलियाका ग्लेन म्याकग्रा (५६३), इङल्याण्डका स्टुअर्ट ब्रोड (६०४), भारतका अनिल कुम्बले (६१९), इङल्याण्डका जेम्स एण्डरसन (६९६), अस्ट्रेलियाका शेन वार्न (७०८) र श्रीलंकाका मुथैया मुरलीधरण (८००) ले टेस्ट क्रिकेटमा ५०० भन्दा बढी विकेट लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.