नेपालको नेदरल्याण्ड्समाथि ९ विकेटको सहज जित

डिसी नेपाल
५ फागुन २०८० १६:२७
132
Shares

काठमाडौं। नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको जित हासिल गरेको छ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ को जारी सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले दिएको १३८ रनको लक्ष्य पछाएको नेपालले १५.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

नेपालको जितमा अनिल शाह र आसिफ सेखले अर्धशतक बनाएका थिए। अनिल शाहले अविजित ५७ रन बनाएका थिए भने आसिफ सेखले ५४रन बनाएका थिए। त्यसैगरी कुशल भुर्तेलले २८ रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्ड्स ३९ ओभरमा अलआउट हुदै १३७ रन बनाएको थियो।

नेदरल्याण्ड्सका लागि स्कट एडवार्ड्सले सर्बाधिक ३३ रन बनाएका थिए भने बास डे लीडले २७, सिब्राण्ड एंगेलब्रेचटले २३ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशीले २ विकेट तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १-१ विकेट लिएका थिए।

यो जित पछि नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ मा पहिलो जित हासिल हासिल गर्दै २ अंक हासिल गरेको छ।

अब सिरिजको तेस्रो खेल आगामी सोमबार नामिबिया र नेदरल्याण्ड्सबीच हुने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.