म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लिभरपुल र आर्सनललाई फाइदा

डिसी नेपाल
६ फागुन २०८० ८:२७
32
Shares

काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन्। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

खेलमा चेल्सीले रहिम स्टरलिङको गोलमा खेलको ४२औं मिनेटमा अग्रता लिएको थियो। त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ८३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई हारबाट बचाएका थिए।

यो बराबरीपछि म्यानचेस्टर सिटीको २४ खेलमा ५३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। यो बराबरीपछि प्रिमियर लिगको समीकरणमा लिभरपुल र आर्सनललाई फाइदा भएको छ। गएराति नै सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले र आर्सनलले बर्न्लीलाई ५-० ले पराजित गरेका थिए।

सिटीको २४ खेलमा ५३ अंक भएको छ भने एक खेल बढी खेलेको लिभरपुलको २५ खेलमा ५७ अंक रहेको छ। त्यस्तै २५ खेलमा ५५ अंक रहेको आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ।

त्यसैगरी सिटीसँग बराबरीमा रोकिएको चेल्सीको भने २५ खेलमा ३५ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.