जैसवालको कीर्तिमानी दोहोरो शतकपछि इङ्ल्याण्डले पायो ५५७ रनको लक्ष्य

डिसी नेपाल
६ फागुन २०८० १४:५१
188
Shares

काठमाडौँ। भारतका युवा ब्याट्सम्यान यशस्वी जैसवालले दोहोरो शतक बनाएपछि भारतले जारी तेस्रो टेस्टमा इङल्याण्डलाई विशाल ५५७ रनको लक्ष्य दिएको छ । खेलको चौथो दिन भारतले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै ४३० रन बनाएपछि इनिंग घोषणा गरेको थियो।

भारतका लागि दोस्रो इनिंगमा यशस्वी जैसवालले अविजित २१४ रन बनाएका छन्। जैसवाल टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने तेस्रो युवा खेलाडी बनेका छन्। उनले २२ बर्ष ४९ दिनमा टेस्ट क्रिकेटमा दोहोरो शतक बनाएर यस्तो रेकर्ड बनाएका छन्।

टेस्ट क्रिकेटमा कम उमेरमा दोहोरो शतक बनाउने किर्तिमान भारतकै विनोद काम्ब्लीको नाममा रहेको छ। उनले २१ बर्ष ५४ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए। त्यस्तै अस्ट्रेलियाका डन ब्राडम्यानले २१ बर्ष ३१८ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए।

त्यस्तै आफ्नो डेभ्यु टेस्ट खेलिरहेका शरफराज खानले ६८ रन बनाउदै दुवै इनिंगमा अर्धशतक बनाएका छन्। त्यस्तै भारतका शुभमन गिल ९१ रन बनाएर आउट भएका थिए। यसरी पहिलो इनिंगमा १२६ रनको अग्रताको आधारमा भारतले ५५६ रनको अग्रता लिएको छ। यस अघि भारतले पहिलो इनिंगमा ४४५ र इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.