बर्दिवासमा प्रदेशस्तरीय चौथो मेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदै

डिसी नेपाल
६ फागुन २०८० १९:०७
304
Shares

महोत्तरी। महोत्तरीको बर्दिवासमा चौथो मेयर कप प्रदेशस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।

प्रजातन्त्र दिवसको अवसर पारेर ७ फाल्गुनमा आयोजना हुन् लागेको उक्त प्रतियोगितामा प्रदेशभरिका ३२ वटा टिम सहभागी हुने आयोजक पक्षले जनाएको छ।

वर्दिवास ब्याडमिन्टन संघको आयोजनामा हुने प्रतियोगिता एकै दिन सकिनेगरी ३ वटा कोर्टमा खेलाइने संघका माहासचिव चन्द्र बहादुर खड्काले जानकारी दिए।

झण्डै ५ लाख ५० हजार लागत अनुमान गरिएको खेलमा टाढावाट आउने खेलाडीहरुलाई आवास र खानाको व्यवस्था गरिएको छ भने प्रथम हुने टिमलाई ३१ हजार पुरुस्कारको राशि राखिएको छ।

दोश्रो र तेश्रो हुनेहरुलाई क्रमशः १५ हजार र ५ हजार नगद पुरुस्कारको समेत व्यवस्था गरिएको संघका अध्यक्ष पोषण थापाले जानकारी दिए।

अहिले बर्दिवास भइरहेको सडक खाना महोत्सवलाई मध्यनजर गर्दै थप प्रचारप्रसार गर्ने उदेश्यले पनि यही समयमा खेलको आयोजना गरिएको अध्यक्ष थापाले बताए।

खेलको नै उदघाटनको अवसर पारेर नवनिर्मित ब्याडमिन्टन भवनको समेत उद्घाटन गरिने र उक्त प्रतियोगिता सोही भवनमा संचालन गरिने आयोजकको तयारी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.