लिग-२ मा आज नामिबिया र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं। आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदै छ।
त्रिभुवन विश्वविधालय, कीर्तिपुरकाे खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुँदैछ।
नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्ड्सले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ।
लिग-२ मा ८ देश खेलिरहेका छन्। जसमा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।
आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।
खेल तालिकाः
फागुन ७ गते सोमबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबारः नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबारः नेपालविरुद्ध नेदरल्यान्ड्स







डिसी नेपाल







Facebook Comment