रियल म्याड्रिड रायो भल्लेकानोसँग बराबरीमा रोकियो

डिसी नेपाल
७ फागुन २०८० ७:१७
28
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ। आइतबार सम्पन्न खेलमा रियल म्याड्रिड रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

यस खेलमा रियल म्याड्रिडले खेलको तेस्रो मिनेटमा नै जोसेलुको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो।

रायो भल्लेकानोका लागि खेलको २७औं मिनेटमा राउल डे टोमासले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए।

यस खेलमा खेलको ९५औं मिनेटमा रियल म्याड्रिडका डानी कारभाजोलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउँदै मैदान छोडेका थिए।

यो बराबरीपछि रियल म्याड्रिडको २५ खेलमा ६२ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी रायो भल्लेकानोको २५ खेलमा २५ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.