केपी ओली कप : १० वटा क्बल सहभागी हुने
काठमाडौं। राष्ट्रिय युवा संघको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा नेपालबाट सात वटा ‘ए’ डिभिजन क्लब, दुई विदेशी क्लब तथा एक आयोजक क्बल गरी १० वटा क्बलहरु सहभागी हुने भएका छन्।
यसैक्रममा केपी ओली कप फुटबल प्रतियोगिताको लागि १० टीम सहभागी भएकोमा मनाङ मस्र्याङ्दी क्लबले आफ्नो समस्याको कारण सहभागिता जनाउन नसक्ने जानकारी दिएको र उक्त स्थानमा न्युरोड टीम (एनआरटी) सहभागी हुने राष्ट्रिय युवा संघका महासचिव सुमन पुरीले जानकारी दिएका छन्।
केपी ओली कप खेलको सेमिफाइनल र फाइन लेख दशरथ रंगशालामा हुने हुनेछ। खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनबाट गरिने बताइएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment