सुनचाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ।
सोमबार पनि सुन सोही भाउमा खरिदबिक्री भएको थियो। यसअघि लगातार ३ दिन देखी सुनको भाउ क्रमशः ६००, ५०० र ४०० रुपैयाँले बढेको थियो ।
यता, मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ। मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँ कायम छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment