त्रिभुवन आर्मीलाई हराउँदै एपिएफ क्लब फाइनलमा

डिसी नेपाल
८ फागुन २०८० २२:४२
52
Shares

हेटौँडा। सशस्त्र प्रहरी बलको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी छैटौँ संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज भएको सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एपिएफको जीतमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे। उनले खेलको तेस्रो मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ द म्याच फोफना घोषित भए। उनले रु १० हजार प्राप्त गरे।

जितसँगै एपिएफले फाइनलमा मछिन्द्र फुटबल क्लबसँग भेट पक्का गरेको छ। यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यूरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ। बिहीबार एपिएफ र मछिन्द्रबीच उपाधिका लागि भिडन्त हुनेछ।

प्रतियोगिताको विजेताले रु १० लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले रु एक लाख एक हजार र अन्य विधागत उत्कृष्टले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.