नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

डिसी नेपाल
९ फागुन २०८० १२:०४
116
Shares

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । किर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । कुशल मल्लले ३६, भिम सार्कीले २६ र कुशल भुर्तेलले १८, करण केसीले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नामिबियाका लागि बर्नार्ड स्कल्ज र जेन निकोल लोफ्टी इटनले ४–४ विकेट लिए । ज्याक ब्रासेल र गेरहार्ड एरास्मसले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.