न्यूजील्याण्डमाथि अस्ट्रेलियाको रोचक जित
काठमाडौं। अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टी–२० सिरिजमा विजयी शुरुवात गरेको छ ।
न्यूजील्याण्डले दिएको २१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। अन्तिम २ ओभरमा जितका लागि २५ रन आवश्यक भएकोमा मिचेल मार्श र टिम डेभिडले अस्ट्रेलियालाई जित दिलाए।
अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्चले ४४ बलमा अविजित ७२ रन बनाएका थिए। त्यसैगरी टिम डेभिडले १० बलमा आक्रामक ३१ रन बनाए। त्यसैगरी डेभिड वार्नरले ३२, ट्राभिस हेडले २४, ग्लेन म्याक्सवेलले २५ र जोश इंगलिसले २० रन बनाए।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएको थियो। न्यूजील्याण्डका लागि रचिन रविन्द्रले ३५ बलमा ६८ रन बनाएका थिए भने डेभोन कोनवेले ६३ रन बनाए। त्यसैगरी फिन एलेनले ३२, ग्लेन फिलिप्सले १९ र मार्क चाम्पम्यानले १८ रन बनाए।
यस खेलमा अस्ट्रेलियाविरुद्ध २१५ रन बनेसँगै अस्ट्रेलियाको नाममा एक अनौठो रेकर्ड बनेको छ। अस्ट्रेलियाविरुद्ध लगातार चार खेलमा विरोधी टिमले २०० भन्दा बढी रन बनाएका छन्। यो टी–२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक भएको हो।
यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिज मा १–० को अग्रता बनाएको छ। अब सिरिजको दोस्रो खेल आगामी शुक्रबार हुने छ।







डिसी नेपाल







Facebook Comment