हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ र बिक्री दर १४३ रुपैयाँ ६५ पैसा रहेको छ।
आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment