प्रतिनिधिसभाको बैठक

प्रधानमन्त्रीलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदको नियमापत्ति

डिसी नेपाल
१० फागुन २०८० १४:३४
184
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसदहरुले नियमापत्ति गरेका छन् ।

बिहीबार बसेको बैठकमा राप्रपाकी सांसद रोशन कार्कीले प्रधानमन्त्री प्रचण्डलाई ब्यंग्य गर्दै प्रधानमन्त्रीसँग ‘फटाहा बोल्ने गुण थपिएर आएछ’ भनेपछि सत्तारुढ दल कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरिन् ।

‘प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१ को घ बमोजिम निमापत्ति गर्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीलाई यही सदनमा फटाहा भन्ने शब्द चयन भयो। यस कारण यो शब्द अश्लिल भएकाले नियमापत्ति जनाएको छु’ कांग्रेस सचेतक थिङले भनिन्।

सांसद थिङले गरेको नियमापत्तिप्रति सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.