नेदरल्याण्ड्समाथि नामिबियाको २४ रनको जित

डिसी नेपाल
११ फागुन २०८० १७:२२
124
Shares

काठमाडौं। नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ। आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्ड्सलाई २४ रनले पराजित गरेको हो।

नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्ड्स ४३.५ ओभरमा अल आउट हुदै १७९ रन मात्र बनाए पछि खेल २४ रनले हारेको हो।

टियु मैदानमा लिग–२ को यस सिरिजमा पहिला ब्याटिंग गरेर जित हासिल गर्ने नामिबिया पहिलो देश बनेको छ। यस अघिका यस लिगका सबै खेलमा पहिला ब्याटिङ गर्ने देशले हार ब्यहोरेका थिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको थियो।

यो नामिबियाको लिग-२ को यस सिरिजमा चौथो खेलमा तेस्रो जित हो । ४ खेलमा ३ जितसहित नामिबियाको ६ अंक भएको छ र लिग–२ को पहिलो सिरिज पनि जितेको छ।

त्यसैगरी नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ। अब यस सिरिजको अन्तिम खेलमा आइतबार नेदरल्याण्ड्सले नेपालको सामना गर्दै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.