नातिलाई मदिरा नखानू भन्दा चिर्पटले हानेर हजुरबाको हत्या

डिसी नेपाल
१२ फागुन २०८० १७:५२
164
Shares

काठमाडौं। रूकुम पश्चिममा बाजे (हजुरबा)को हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ वर्षीय डिल्लीराम खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित त्रिवेणीतर्फ जाने सडकको छेउमा हस्तराम मृत फेला परेका थिए। त्यसपछि जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको टोलीले डिल्लीरामले लगाएको चप्पलमा रगत देखेपछि सोधपुछका लागि उनलाई दिउँसो नियन्त्रणमा लिएको हो।

सोधपुछका क्रममा नाति डिल्लीरामले नै बाजे हस्तरामको हत्या गरेको स्वीकार गरेको इन्स्पेक्टर खड्काले बताए। बाजेले नातिलाई रक्सी नखान सम्झाउँदा भनाभन भएको र त्यही क्रममा नातिले बाजेलाई लडाएर दाउरा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.