बुटवलको कालिकानगरमा सेरेसको अत्याधुनिक शोरुम उद्घाटन
बुटवल। विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्ष स्थानकै ब्रान्ड बन्ने उद्देश्यका साथ बुटवलको कालिकानगरमा सेरेसले आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ। कम्पनीले बृटबलमाथ्रि एस (सेल्स, सर्भिस र स्पेयरपार्टस्) शोरुम स्थापना गरेको हो ।

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमाडिलरशिपकालागि इ एम मोटर्स सँग साझेदारी गरेको हो। शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथाउत्साही र सम्भावितग्राहकहरूलाईसेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ।

अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवलउद्योग वाणिज्य संघकाअध्यक्ष हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई ,एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेष हेड प्रशन्न पन्त,इएम मोटसका डाईरेक्टर राजेश घिमीरे लगायतले सोरुमको उदघाटन गरेका थिए। रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपि्य हुने बिश्वास ब्यक्त गरे।

शोरुम उद्घाटनको अवसरमाएकजनाग्राहकलाई इएम मोटर्सले सेरेसथ्रि इभी गाडी हस्तान्तरण गरेको छ । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दादु्रतविकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमामान्यताप्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रतिआफ्नो प्रतिबद्धता देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ।








डिसी नेपाल







Facebook Comment