लिभरपुलले जित्यो इएफएलको उपाधि

डिसी नेपाल
१४ फागुन २०८० ६:४२
52
Shares

काठमाडौं। लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ।

गएराति सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो।

लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए।

यो जितसँगै लिभरपुलले इएफएल कप सबैभन्दा बढी १० पटक जितेको छ।

इएफएल कप लिभरपुलपछि म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५-५ पटक जितेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.