लुका मोड्रीचको गोलमा रियल म्याड्रिड विजयी

डिसी नेपाल
१४ फागुन २०८० ७:२३
64
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले सेभियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा रियल म्याड्रिडले सेभियालाई १-० गोल अन्तरले पराजित गरेको हो।

रियल म्याड्रिडको जितमा खेलको ८१औं मिनेटमा लुका मोड्रीचले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गर्दै लिगमा आफ्नो अग्रता कायम राखेको छ।

रियल म्याड्रिडको २६ खेलमा ६५ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी सेभियाको भने २६ खेलमा २४ अंक रहेको छ र लिगमा १५औं स्थानमा झरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.