जाउलाखेललाई हराउँदै एनआरटी केपी ओली कपको फाइनलमा
काठमाडौं। न्युरोड टिम (एनआरटी)जावलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि ३–० गोलअन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।
एनआरटीको जितमा संजिव विष्टले दुई गोल गरे भने विवेक गुरुङले एक गोल थपे। खेल सुरु भएको पाँच मिनेटमै विवेकले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए भने खेलको ५०औँ मिनेटमा संजिवले अर्को गोल गरेर टोलीको अग्रतालाई अझ अघि बढाए। पहिलो गोल गरेको सात मिनेटपछि संजिवले पुनः दोस्रो गोल गरे। त्यसपछि खेलमा कुनै गोल हुन सकेन र एनआरटीको जित सुनिश्चित भयो।
यसअघि एनआरटी थ्री स्टारलाई १–० तथा जावलाखेल आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। प्रतियोगितामा विजयी हुने टोलीले रु ११ लाख तथा दोस्रो स्थान हासिल गर्ने टोलीले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।







डिसी नेपाल







Facebook Comment