नामिबियामाथि नेपालको जित

डिसी नेपाल
१८ फागुन २०८० १६:१७
92
Shares

काठमाडौं। नेपालले नामिबियामाथि रोमाञ्चक जित हासिल गरेको छ। जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो। नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो।

अन्तिम ओभरमा नामिबियाका लागि जितका लागि १२ रन आवश्यक रहेकोमा करण केसीले शानदार बलिङ गर्दै एक विकेट लिएर ८ रन मात्र दिँदै नेपाललाई जित दिलाए।

नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक ५० रन बनाए भने जान फ्राइलिंकले ३७, जान ग्रीनले २१, जेपी कोट्जेले २५ रन बनाए। त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिए।

यसअघि नामिबियाविरुद्धको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले। कुशलले ५५ रन बनाए। त्यस्तै आरिफ शेखले महत्वपूर्ण ३१ रन बनाए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाए।

त्यसैगरी नामिबियाका बेन शिन्कोंगोले सर्वाधिक ३ विकेट लिए भने ज्याक ब्रासेलले २ तथा जान निकोल इटन, रुबेन ट्रम्पेलम्यान र बेर्नार्ड स्कोल्जले एक एक विकेट लिए।

यो नेपालको यस सिरिजमा पहिलो जित हो। यो जितपछि नेपालको ३ खेलमा २ अंक रहेको छ। त्यस्तै नामिबियाको भने ३ खेलमा ४ अंक रहेको छ।  अब सिरिजको अर्को खेलमा शनिबार नेपालले नेदरल्याण्ड्सको सामना गर्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.