राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर पर्दैनः मन्त्री शर्मा
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै असर नपर्ने बताएकी छन्।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले गठबन्धनभित्र रहेका दलको निर्णय र नेताहरुको अभिव्यक्तिले गठबन्धनमा कुनै असर नपर्ने बताएकी हुन्। उनले माओवादीभित्र राष्ट्रियसभा अध्यक्ष माओवादीले पाउनुपर्ने गरि कुरा राख्ने समझदारी बनेको र यस बिषयपनि गठबन्धनभित्रै छलफल हुने जिकिर गरिन्।
राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति नभइ समझदारी बनेपनि अहिले परिस्थीति फरक रहेको उनको भनाइ छ। शर्माले माओवादीको मागलाई गठबन्धन दलले सहयोग गर्नुपर्ने बताइन्।
त्यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष चयनको विषयमा गठबन्धनले नै टुं्गो लगाउने र सर्वसम्मत उम्मेदवार दिने बताए। निर्वाचनका बेला जनताको विश्वास लिएर गठबन्धन बनाएको भन्दै पाँचै वर्ष गठबन्धन चल्ने उनले बताए। राष्ट्रियसभा अध्यक्षको दावीले गठबन्धनमा कुनै समस्या नभएको उनको भनाइ छ।
उनले गठबन्धनभित्र केहि समस्या भए छलफलबाटै निष्कर्षमा पुगिने जिकिर गरे।







डिसी नेपाल








Facebook Comment