बसको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु

डिसी नेपाल
१९ फागुन २०८० १९:४४
184
Shares

विराटनगर। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडियामा बसको ठक्करबाट शनिबार पैदलयात्री महिलाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४०३४ नम्बरको बसले ठक्कर दिँदा ५२ वर्षीया मीराकुमारी श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। प्रहरीका अनुसार झापाको गौरीगन्ज माइती भएकी श्रेष्ठको भारतमा बिहे भएको खुलेको छ। उनी भारतको लुवाघाटमा बस्दै आएकी थिइन्।

मोरङको सुन्दरहरैँचास्थित आफन्तको घरमा आएका बेला दुर्घटनामा परेर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। पैदल हिँडिरहेका बेला उनलाई दिउँसो १२ः५० बजेतिर बसले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।

उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्कसले मृत घोषित गरेको डीएसपी दाहालले बताए। उनका अनुसार बस र चालक झापाको बिर्तामोड नगरपालिका–४ का ४० वर्षीय प्रेम भट्टराईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.