सिटौलाको पदमा सत्ता गठबन्धनको जोड घटाउ

डिसी नेपाल
२१ फागुन २०८० ७:४२
164
Shares

काठमाडौं। कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको परिणामबाट सुरु भएको सत्ता गठबन्धन भित्रको खटपटलाई लिएर यतिबेला सत्ता गठबन्धनकै भविष्यलाई लिएर विभिन्न अड्कालबाजी सुरु भएको छ।

विशेष गरी यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलाई लिएर सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न उब्जिएको हो।

पूर्व सहमति अनुसार राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेसले पाउनु पर्ने र सो पदमा नेता कृष्ण सिटौला उम्मेदवार बनाउनु पर्ने प्रमुख यात्रा सहयात्री दल नेपाली कांग्रेसले दाबी गर्दै आएको छ।

तर कांग्रेसले धोका दिएका कारण कोशीमा आफ्ना उम्मेवार पराजित बन्न पुगेको भन्दै सशंकित बनेको सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि दुई दलबीच अविस्वास पैदा भएको छ।

अझ यो विषयमा दुवै छिमेकी मुलुक भारत र चीन प्रवेश गरेपछि सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उब्जिएको हो। पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताबीच प्रधामन्त्री पुष्पकमल दाहालले गरेको राजनीतिक भेटवार्ता र संवादले त्यसलाई अझ तरंगित बनाउँदै लगेको छ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रियसभा निर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफूहरुले गठबन्धनको साझा उम्मेदवारको रुपमा सिटौलालाई नै अघि सार्ने आश्वासन आफूहरुलाई दिएको भन्दै दक्षिणी छिमेकी मुलुक विश्वस्त रहेको छ।

भारतले वर्तमान गठबन्धनलाई कायम राख्दै सिटौलालाई नै राष्ट्रियसभा अध्यक्ष बनाउन प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई दबाव दिँदै आएको स्रोतले बतायो। ‘प्रधानमन्त्रीले पहिला नै वचन दिइसक्नु भएकोले अहिले यताउति गर्ने अवस्था नरहला,’ स्रोतले भन्यो, ‘सिटौलालाई राष्ट्रियसभामा अध्यक्ष बनाउनका लागि नै लगिएको हो।’

तर सिटौलासँगै कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पा कार्की पराजित भएपछि कांग्रेसप्रति माओवादी सशंकित बनेको छ।

दक्षिणी छिमेकीले सिटौलालाई जसरी पनि राष्ट्रियसभा अध्यक्ष बनाउन दबाव दिइरहेका बेला उत्तरी छिमेकी चीन भने जसरी पनि सिटौलालाई रोक्ने योजनामा रहेको छ। त्यसैको प्रयास स्वरुप आइतबार प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभपाति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए।

बजारमा चलेको चर्चा अनुसार प्रधानमन्त्रीमा दाहाललाई नै दिएर राष्ट्रियसभा अध्यक्ष एमालेलाई दिने, रवि लामिछानेलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय लिएर नयाँ गठबन्धन बनाउने तयारी भइरहेको छ। जसमा राप्रपा र जसपामा पनि सहभागी गराएर नयाँ गठबन्धनको तयारी पनि भइरहेको बताइएको छ।

गत पुस १० गते कांग्रेसले दाहाललाई प्रधानमन्त्री नदिँदा एमालेसँग मिलेर उनी प्रधानमन्त्री बनेका थिए। अहिले फेरि पुरानै गठबन्धन ब्युँताउने गरी गतिविधि अगाडि बढेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.