अफिम र नगदसहित एकजना पक्राउ
चितवन। दुई किलो ३० ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४० वर्षीय केशव बम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी बमलाई सार्वजनिक गरेको हो। कार्यालयका प्रवक्ता श्रीराम भण्डारीका अनुसार बमलाई आइतबार साँझ भरतपुर महानगरपालिका–१० चौबिसकोठीबाट पक्राउ गरिएको हो। पक्राउ परेका उनका साथबाट रु दुई लाख १६ हजार पाँच सय नगद बरामद गरिएको उनले जानकारी दिए।
कार्यालयले ३२ थान हराएका मोबाइल खोजतलास गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ। विभिन्न ब्रान्डका ती मोबाइल अर्कैले प्रयोग गरेको अवस्थामा भेटेर वास्तविक धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment