पहिलो पावरप्ले सकियो, नेपालको स्कोर १ विकेटको क्षतिमा ५५ रन
काठमाडौं । किर्तिपुर मैदानमा जारी त्रिदेशीय टि–२० सिरिजको फाइनलमा अहिले नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् । नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
खेलमा पहिलो पावरप्ले सकिएको छ । पावरप्लेको पहिलो ६ ओभरमा नेपालले १ विकेटको क्षतिमा ५५ रन बनाएको छ ।
यस क्रममा नेपालले ओपनर कुशल भुर्तेललाई गुमायो । भुर्तेल १० बलमा २० रन बनाएर आउट भए । उनले २ छक्का र १ चौका हाने ।
अहिले क्रिजमा आसिफ शेख र कप्तान रोहित पौडेल खेलिरहेका छन् । आसिफ २१ बलमा २९ रन र रोहित ५ बलमा ६ रन बनाएर खेलिरहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment