नेपालले नेदरल्याण्डलाई दियो १८५ रनको लक्ष्य

डिसी नेपाल
२२ फागुन २०८० १३:१०
48
Shares

काठमाडौं । किर्तिपुर मैदानमा जारी त्रिदेशीय टि–२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्डलाई १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८४ रन बनाएको हो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४७ रन बनाए । गुलशन झाले ३४, कुशल मल्लले २६, रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाए । नेदरल्याण्डका लागि फ्रेड क्लासन, टिम भान डेर गुटेन, माइकल लेभिट र सिब्रान्ट एलिंगब्रेन्टले समान २–२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.