प्रधानमन्त्री दाहाल, ओली र नेपालबीचकाे छलफल सकारात्मक

डिसी नेपाल
२२ फागुन २०८० २१:१०
104
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजबादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपाल निवास कोटेश्वर पुगेका थिए।

यसअघि हिजो प्रधानमन्त्री दाहाल मात्र उनको निवास पुगेका थिए। आज एमाले अध्यक्ष ओलीका साथै विष्णु पौडेल लगायतका नेताहरु नेपाल निवास पुगेका हुन्।

नेपालसँगको भेटपछि भेटवार्ता सकारात्मक रहेको जवाफ अध्यक्ष ओलीलीले दिएका छन्। नयाँ सत्ता समीकरण बनेसँगै बामपन्थी दलहरु बीचको एकताको विषयले पनि चर्चा पाएको छ। तर बर्तमान गठबन्धनका विषयमा नेपाल नेृत्वतको एकीकृत समाजवादीले भने पर्ख र हेरको नीति अबलम्वन गरेको छ।

उक्त पार्टीको हिजो बसेको सचिवालय बैठकले गूण र दोषका आधारमा नयाँ गठबन्धनलाई समर्थन गरिने निर्णय लिएको छ। नेपाल निवास पुगेर ओली र दाहालले नेपालको स्वास्थ्य अवस्था जानकारी लिँदै चार दलीय गठबन्धमा सहभागी हुन र सरकारमा आउन आग्रह गर्नुका साथै बाम एकतालाई अघि बढाउने विषयमा छलफल गरेको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ।

नेपालले गठबन्धनमा सहभागी हुने नहुने विषयमा पार्टीमा थप छलफल पछि निर्णय गर्ने जवाफ दिएको सचिवालयले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.