रघुवीर महासेठको नेतृत्वमा एमाले सरकारमा सहभागी हुँदै

डिसी नेपाल
२३ फागुन २०८० १४:३३
164
Shares

काठमाडौं। नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शीर्ष नेतृत्व नपठाउने भएको छ ।

नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन ।

जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाइ बुझाउने भएको छ ।

स्रोतका अनुसार यसअघि सपथ लिएर बिना बिभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाइ मन्त्रीमा सिफारिस गरिएको छ ।

हालसम्म महासेठको बाहेक एमालेका अन्य नेताको कुन मन्त्रालय पाउने हो ? भन्ने ठोस गरिसकिएको छैन् । छलफल जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.