नवनियुक्त मन्त्रीहरुको शपथ बेलुका पाँच बजे

डिसी नेपाल
२३ फागुन २०८० १५:५२

काठमाडौं। आज पुनर्गठन हुन लागेको मन्त्रिपरिषद्का सदस्यहरुको शपथ बेलुका पाँच बजे हुन लागेको छ।

नवगठित गठबन्धनमा आबद्ध दलहरुले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएसँगै आजै नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुन लागेको हो।

प्रधानमन्त्रीको कार्यालयका अनुसार बेलुका पाँच बजे नवनियुक्त मन्त्रीको शपथको व्यवस्था मिलाउन राष्ट्रपतिको कार्यालय शितल निवासलाई जानकारी गराइसकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.