भाग्यमानी नारायणकाजी, सरुवा हुँदै मन्त्री बन्दै
काठमाडौं। आज पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का अधिकांश पुरानैले निरन्तरता पाएका छन्।
पुराना मन्त्रीमध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयबाट सरूवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले पटक- पटक गरेर तीन मन्त्रालयको जिम्मेवारी पाएका छन्।
जसअनुसार सुरूमा नेकपा एमाले र माओवादीको गठबन्धन हुदाँ गत वर्ष पुस ११ गते उपप्रधानमन्त्रीसहित भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए। त्यो भत्किएर सोही वर्ष फागुन १५ पछि कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो। त्यसमा उनी भौतिकबाट सरूवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे।
अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुदाँ श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन्। उनले आजै परराष्ट्र मन्त्रीको हैसियतमा सपथ ग्रहण गर्दैछन्।
साथै, माओवादीले तीन मन्त्रीहरूलाई दोहोर्याउँदा पर्यटन मन्त्री सुदन किराती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन्। उनले सम्भवतः नदोहरिने संकेत पाएर हुन सक्छ, हिजो नै पुल्चोकस्थित मन्त्री क्वाटरबाट झिटीझाम्टा लिएर बाहिरएका थिए।किरातीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा माओवादीले हितबहादुर तामाङलाई पठाउने निर्णय गरेको छ।
तर, यसअघि कांग्रेसको गठबन्धनमा रहेका माओवादीका तीन मन्त्री भने पुनः दोहरिएका छन्। जसअनुसार श्रेष्ठसहित सुचना तथा सञ्चारमन्त्री रेखा शर्मा र उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहरिएका हुन्।







डिसी नेपाल








Facebook Comment